इंग्ल्यान्डको भारत भ्रमण : पहिलो २ टेस्टको लागि घोषित टिममा आर्चर र स्टोक्सको पुनरागमन

फास्ट बलर जोफ्रा आर्चर र अलराउण्डर बेन स्टोक्सलाई १६ सदस्यीय टिममा समाबेश गर्दै इंग्ल्यान्डले फेब्रुअरी ५ देखि सुरु हुने सिरिजको लागि टिमको घोषणा गरेको छ। स्टोक्स र आर्चरलाई श्रीलंकासंगको दुई टेस्टको सिरिजमा आराम दिईएको थियो।

यस्तै टेस्ट टिममा रोरी बर्न्सलाई पनि बोलाइएको छ जसले आफ्नो पहिलो बच्चाको जन्मको कारण श्रीलंका भ्रमण गुमाएका थिए। २३ वर्षीय विकेटकिपर ब्याट्सम्यान ओली पोपले पनि भारतको भ्रमण गर्नेछन् जसले टिममा समावेश हुन फिटनेस टेस्ट पास गर्नुपर्नेछ।

टिममा विकेटकिपर जोनी बेयरस्टो, अलराउण्डर स्याम करन, फास्ट बलर मार्क वुडलाई पनि पहिलो चरणको भ्रमण टिममा समाबेश गरिएको छैन। बेयरस्टोले २०१८ को भारत भ्रमणमा ५ टेस्टमा २३० रन बनाएका थिए। यस्तै करनले उत्कृस्ट प्रदर्शन गर्ने क्रममा उक्त भ्रमणमा ११ विकेट लिएका थिए भने २७२ रन पनि बनाएका थिए। इंग्ल्यान्डले भारतलाई उक्त टुरमा ४-१ ले पराजित गरेको थियो।

इंग्ल्यान्ड टेस्ट टिम : जो रुट ( कप्तान ) , जोफ्रा आर्चर, मोइन अलि, जेम्स एण्डरसन, डम बेस, स्टुवार्ट ब्रोड, रोरी बर्न्स, जोस बटलर, ज्याक क्रले, बेन फोक्स, ड्यान लरेन्स, ज्याक लिच, डम सिबले, बेन स्टोक्स, ओली स्टोन, क्रिस वोक्स, बैकल्पिक खेलाडी : जेम्स ब्रेसे, मेसन क्रेन, सकिब महमुद, म्याथु पार्किन्सन, ओली रोबिन्सन, अमर भिर्दी

भारत भ्रमणमा इंग्ल्यान्डले ४ वटा टेस्ट, ५ वटा टि-ट्वान्टी र ३ वटा एकदिवसीय खेल्नेछ।

यो पनि पढ्नुस :-

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment