प्रम कप : कर्णालीले एपीएफलाई २१८ रनमै रोक्यो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गत टियु मैदान किर्तिपुरमा नेपाल एपीएफ क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको एपीएफले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१८ रन बनाउदै कर्णालीलाई २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एपीएफको लागि सन्दिप जोराले सर्वाधिक ६० रन बनाए जुन क्रममा ७६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अमर सिंह रौटेलाले ३१, सुबास खकुरेलले २३, शंकर रानाले १५, बसन्त रेग्मीले १४ तथा किशोर महतोले अविजित १३ रन बनाए।

सुरुवात देखि नियमित अन्तरलमा विकेट गुमाएको एपीएफले ६७ रनको योगफलम ५ विकेट गुमाएको थियो। छैठौं नम्बरमा ब्याटिंग गर्न आएका सन्दिप जोराले अमर सिंह रौटेलासंग छैठौं विकेटको लागि ७८ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराएका थिए। जोरालाई ४३ औं ओभरमा कर्णालीका कप्तान रबिन्द्र शाहीले क्याच आउट गराए।

रबिन्द्र शाहीले ३ विकेट लिए

कर्णाली प्रदेशको बलिंगमा अनुज चुनरा र रबिन्द्र शाहीले समान ३ विकेट लिए। दिवान पुन र राज शाहले समान २ विकेट लिए।

समुह ‘ए’ अंकतालिकामा एपीएफ २ खेलमा ४ अंक सहित दोश्रो स्थानमा रहेको छ जसलाई आजको जितले सेमीफाइनलमा पुर्याउनेछ। कर्णालीले ३ खेलमा १ जित र २ हार बेहोरेको छ जसले आज जित दर्ता गरे सेमीफाइनल संभवाना कायमै राख्नेछ। त्रिभुवन आर्मी क्लब तिन वटै खेलमा जित पछि ६ अंक सहित शिर्षस्थानमा छ।

स्कोरकार्ड , अंकतालिका 

यो पनि पढ्नुस :-

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

२०७७ माघ १०, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment