टि-१० लिग : करन आबद्ध पुनेको विजयी सुरुवात, यस्तो रह्यो करनको प्रदर्शन

युएईमा आज सुरु भएको अबुधाबी टि-१० लिग अन्तर्गत दिनको दोश्रो खेलमा नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्सले डेक्कन ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गरेको छ। दिनको पहिलो खेलमा मराठा अरबियन्सले नर्थर्न वारियर्सलाई पराजित गरेको थियो। 

शेख जायद स्टेडीयम अबुधाबीमा सम्पन्न खेलमा डेक्कनले दिएको १०५ रनको लक्ष्य पुनेले ९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

पुनेको ब्याटिंगमा ओपनर केनर लुइसले अविजित ५७ रन बनाए जुन क्रममा २८ बलमा ३ चौका र ६ छक्का हिर्काए। चाडविक वाल्टनले १८ रन बनाए। डेक्कनको बलिंगमा सुनिल नारायण, रभी रामपौल र जहुर खानले समान १ विकेट लिए।

यस अघि टस जितेर पुनेले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको डेक्कन ग्ल्याडीएटर्सले निर्धारित १० ओभरमा १०४ रन बनाएको थियो।

डेक्कनको लागि क्यामरन डेलपोर्टले २५ रन, प्रशान्त गुप्तले १७ रन बनाए। मोहम्मद शहजादले ८ रन, सुनिल नारायणले १ रन तथा काइरन पोलार्डले २ रन मात्र बनाउन सके। पुनेको बलिंगमा कप्तान नासिर हुसेनले सर्वाधिक ३ विकेट लिए। ओमानका फास्ट बलर मुनिस अन्सारीले २ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ११ रन खर्चिए।

खेलमा नेपाली फास्ट बलर करन केसीले १ ओभर मात्र बलिंग गर्ने क्रममा कुल १७ रन खर्चिए।

करन केसीको ओभर 

छैठौं ओभरमा पहिलो ओभर गरेका करनले पहिलो र दोश्रो बलमा मात्र १ रन दिए। तेश्रो बलमा करनले गरेको फुल लेन्थ बललाई प्रशान्त गुप्ताले अगाडी सरेर फाइन लेगमा चौका हिर्काए। चौथो बलमा करनको बाउन्सरमा प्रशान्तले पुल गर्दै १ रन लिए। त्यसपछिको फुल लेन्थ बलमा दक्षिण अफ्रिदी ब्याट्सम्यान क्यामरन डेलपोर्टले लंगअफमा छक्का हिर्काए। पाँचौ बलमा डेलपोर्टले लंगअफमा अर्को छक्का हिर्काए जुन बलमा एउटा फिल्डर ३० यार्ड सर्कल बाहिर राख्दा डेक्कनले नो बल पायो। त्यसपछिको बलमा डेलपोर्टले २ रन र अन्तिम बलमा १ रन लिंदै ओभर समाप्त गरे।

करनसंगै यो सिजन टि-१० लिगमा सोमपाल कामि र कुशल मल्ल पनि खेलीरहेका छन्। सोमपालले आजै सम्पन्न पहिलो खेलमा मराठा अरबीयन्सको लागि डेब्यु गर्ने क्रममा २ ओभरम २८ रन खर्चिए। मराठाले लिगमा विजयी सुरुवात गरेको छ।

कुशल आबद्द टिम अबु धाबीले पहिलो खेल शुक्रबार राति १०:४५ बजे डेक्कन ग्ल्याडीएटर्ससंग खेल्नेछ। शुक्रबारनै बेलुका ५:४५ बजे करन आवद्ध टिम पुनेले कलन्दर्ससंग खेल्नेछ। यस्तै सोमपाल आबद्ध मराठाले दिल्ली बुल्स बिरुद्ध राति ८ बजे खेल्नेछ।

यो पनि पढ्नुस :-

टि-१० लिग : क्याच छुट्दा सोमपाल विकेटविहिन, यस्तो रह्यो प्रदर्शन

प्रम कप : बागमतीलाई हराउदै आर्मी चौथो पटक फाइनलमा

२०७७ माघ १५, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment