टी-१० लिग : पुने टस हारेर ब्याटिंग गर्दै, करन खेल्दै

अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरणको खेलमा पुने डेभिल्स र नर्दर्न वारियर्स प्रतिस्पर्धा गर्दैछन्। ५ खेल खेल्दा १ जित र ४ हार बेहोरेको पुने अंकतालिकामा सातौँ स्थानमा रहेको छ र प्लेअफ सम्भावना जीवित राख्न जित अत्यावश्यक रहेको छ। नर्दर्न वारियर्स भने ५ खेलमा ४ जित र १ जितको साथ ८ अंक बटुल्दै तेश्रो स्थानमा रहेको छ।

शेख जायद स्टेडियममा टस जितेर नर्दर्न वारियर्सले पुनेलाई ब्याटिंगको निम्तो दिएको छ। खेलमा पुनेले नेपाली फास्ट बलर करन केसीलाई अन्तिम-११ मा मौका दिएको छ।

Pune Devils (Playing XI): Kennar Lewis, Tom Kohler-Cadmore, Chadwick Walton(w), Alex Davies, Devon Thomas, Nasir Hossain(c), Karan KC, Monir Hossain, Vriitya Aravind, Munis Ansari, Sam Wisniewski

Northern Warriors (Playing XI): Waseem Muhammad, Brandon King, Nicholas Pooran(w/c), Rovman Powell, Fabian Allen, Lendl Simmons, Waheed Ahmed, Rayad Emrit, Wahab Riaz, Wayne Parnell, Junaid Siddique

लिग अन्तर्गत करनले कुल ५ खेल खेल्दा १ विकेट लिन सकेका छन्। पछिल्लो खेलमा दिल्ली बिरुद्ध बलिंग गर्न नपाएका करनले त्यस अघिको खेलमा बांग्ला बिरुद्ध १७ रन खर्चेर विकेटविहिन रहेका थिए। तेश्रो खेलमा टिम अबुधाबी बिरुद्ध उनले क्रिस गेलको विकेट लिंदा १ ओभरमा १८ रन खर्चेका थिए। दोश्रो खेलमा कलन्दर्स बिरुद्ध उनले १ ओभर मात्र ९ रन खर्चेका थिए। पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध उनले १ ओभरमा १७ रन खर्चेका थिए।

यो पनि पढ्नुस :-

सोमपालको बलमा गेलको लगातार ३ छक्का, १२ बलमै बनाए अर्धशतक

टि-१० लिग : करन केसी आवद्ध पुनेको लगातार चौथो हार

२०७७ माघ २१, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment