टि-१० लिग : सोमपालको शानदार कम्ब्याक, एकै ओभरमा लिए २ विकेट

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली फास्ट बलर सोमपाल कामिले डेक्कन ग्ल्याडीएटर्स बिरुद्धको खेलमा उत्कृस्ट बलिंग गरेका छन्। अघिल्लो खेलमा निकै महँगो सावित भएका सोमपालले उक्त प्रदर्शन बिर्साउने बलिंग प्रदर्शन गरेका हुन्।

लिग अन्तर्गत सुपर लिग चरणको अन्तिम खेलमा मराठा अरबियन्स र डेक्कन ग्ल्याडीएटर्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको डेक्कनले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको छ।

डेक्कनको ब्याटिंगमा अनवर अलिले सर्वाधिक अविजित ३९ रन बनाए भने प्रशान्त गुप्तले ३५ तथा यासिर कालिमले २८ रन बनाए। मराठाको बलिंगमा सोमपाल कामिले २ विकेट लिए भने प्रभिन ताम्बे र सोहाग गाजीले समान १ विकेट लिए।

सोमपालको उत्कृस्ट बलिंग 

पहिलो ओभर : २ रन खर्चेर २ विकेट ( ० , १ , १ , विकेट , ० , विकेट )

इनिंग्सको छैठौं ओभरमा बलिंग गर्न आएका सोमपालले ओभरमा २ विकेट लिए। चौथो बलमा सोमपालले स्लोअर बलमा प्रशान्त गुप्ता पुल गर्ने क्रममा क्याच आउट भए। ३५ रन बनाएका गुप्ताको महत्वपूर्ण विकेट लिंदै उनले टिमलाई खेलमा फर्काए। ओभरको छैठौं बलमा पनि सोमपाल रोकिएनन् क्रिजमा जमीसकेका अर्का ब्याट्सम्यान यासिर कलिमलाई उनले क्याच आउट गराए। सोमपालले गरेको स्लोअर बलमा पुल गर्ने क्रममा उनि डिप- मीड विकेटमा क्याच आउट हुन पुगे।

पहिलो ओभरमा सोमपालले मात्र २ रन खर्चेर २ विकेट लिए।

दोश्रो ओभर : १० रन ( ४ , ४ , १ , ० , ० , १ )

आठौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सोमपालको पहिलो २ बलमा अनवर अलिले चौका प्रहार गरे। त्यसपछि भने सोमपालले बाँकी ४ बलमा मात्र २ रन दिए जुन राममा क्यामरन डेलपोर्टलाई रन बनाउने मौका दिएनन्।

कुल २ ओभर बलिंग गर्ने क्रममा सोमपालले १२ रन खर्चेर २ विकेट लिंदै लिगमा आफ्नो उत्कृस्ट स्पेल दर्ता गरे।

लिग अन्तर्गत पछिल्लो खेलमा सोमपालले १ ओभर बलिंग गर्दा टिम अबुधाबी बिरुद्ध २७ रन खर्चिएका थिए। त्यस क्रममा उनलाई क्रिस गेलले लगातार ३ चौका तथा पल स्टरलिंगले २ चौका प्रहार गरेका थिए।

सम्बन्धित :-

सोमपालको बलमा गेलको लगातार ३ छक्का, १२ बलमै बनाए अर्धशतक

इंग्ल्यान्ड द हन्ड्रेड लिग : सन्दिप लामिछानेलाई ओभलले गर्यो रिटेन

२०७७ माघ २२, बिहीबार मा प्रकाशित