दक्षिण अफ्रीकाको जितमा प्रिटोरियसको कीर्तिमानी बलिंग

दक्षिण अफ्रीकाको पाकिस्तान भ्रमण अन्तर्गत टि-२० सिरिजको दोश्रो टि-२० मा भ्रमण टोलि ६ विकेटले विजयी भएको छ। जितसंगै सिरिज १-१ को बराबरीमा पुगेको छ।

लाहोर स्थित गद्दाफी स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य दक्षिण अफ्रीकाले ४ विकेट गुमाएर १६.२ ओभरमै पुरा गर्यो।

दक्षिण अफ्रीकाको जितमा ओपनर रेजा हेनड्रीक्स र पिटे भान बिल्जोनले समान ४२ रन बनाए।यस्तै डेभिड मिलरले अविजित २५ तथा हेनरिच क्लासेनले अविजित १७ रन बनाए।   हेनड्रीक्सले ३० बलमा ३ चौका र ३ छक्का तथा बिल्जोनले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। तेश्रो विकेटकको लागि हेनड्रीक्स र बिल्जोनले ७७ रनको साझेदारी गरेका थिए। दुवै आउट भएपछि पाँचौ विकेटको लागि मिलर र क्लासेनले अविजित ४० रनको साझेदारी गरे।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले २ विकेट तथा मोहम्मद नवाज र उस्मान कादिरले समान १ विकेट लिए।

प्रिटोरियसको कीर्तिमानी बलिंग

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो।

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै फहिम अश्रफले आक्रामक ब्याटिंग गर्दै १२ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ३० रन बनाए। इफ्तिखार एहमदले २०, खुस्दिल शाहले १५ तथा हैदर अलिले १० रन बनाए।

दक्षिण अफ्रीकाको बलिंगमा दायाँ हाते फास्ट बलर ड्वेन प्रिटोरियसले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन खर्चिए। एन्डीले फेलुक्वायो र तब्रेज शाम्सीले समान १ विकेट लिए।

प्रिटोरियसले दक्षिण अफ्रीकाको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै उत्कृस्ट स्पेल दर्ता गरे

दक्षिण अफ्रीकाको टि-२० क्रिकेट इतिहासमा प्रिटोरियसको ४-०-१७-५ को स्पेल सबै भन्दा उत्कृस्ट स्पेल हो। यस अघि सन् २०१० मा अर्का दायाँ हाते फास्ट बलर रायन म्याकलरेनले वेस्टइन्डिज बिरुद्ध ३.५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिंदै बनाएको कीर्तिमान ११ वर्ष पछि प्रिटोरियसले तोडेका हुन्। पाकिस्तान बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा उत्कृस्ट स्पेलको रेकर्ड पनि प्रिटोरियसले बनाएका छन्।

दक्षिण अफ्रीकाको टि२० अन्तर्राष्ट्रिय इतिहासमा एकै इनिंगमा ५ विकेट ४ जना बलरले मात्र लिन सकेका छन्। इमरान ताहिरले सर्वाधिक २ पटक तथा डेभिड वेसले पनि १ पटक एकै इनिंगमा ५ विकेट लिएका थिए।

प्लेयर अफ द म्याच समेत चुनिएका ३२ वर्षीय प्रिटोरियसले २०१७ मा डेब्यु गरेपछि १३ औं टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा यो किर्तिमान बनएका हुन्। यस अघि प्रिटोरियसले १२ खेलमा मात्र ७ विकेट लिन सकेका थिए।

सिरिज अन्तर्गत पहिलो टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तान ३ रनले विजयी भएको थियो। तेश्रो तथा निर्णायक टि-२० आइतबार लाहोरमा खेलिनेछ। यस अघि सम्पन्न दुई वटा टेस्टको सिरिज पाकिस्तानले २-० ले जितेको थियो।

यो पनि पढ्नुस :-

रोहितको शतकले भारत बलियो

दोश्रो चरणको बन्द प्रशिक्षणको लागि क्यानद्वारा २० सदस्यीय टिम घोषित

२०७७ फाल्गुन १, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment