आईपीएल अक्सन : मुम्बईले किन्यो सचिनका छोरा अर्जुनलाई

महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई आईपीएल मिनी अक्सनमा मुम्बई इन्डीएन्सले किनेको छ।

आईपीएल अक्सनमा बिक्रि हुने अर्जुन अन्तिम खेलाडी बने जसलाई सचिन तेन्दुलकरकै पुर्व आईपीएल टिम मुम्बईले २० लाख भारु खर्चेर टिममा भित्र्यायो।

भारतको मुम्बईको लागि प्रथम श्रेणी क्रिकेट खेल्ने २१ वर्षीय तेन्दुलकर देब्रे हाते बलिंग अलराउण्डर हुन्। उनि तिब्र बती बलिंग गर्ने गर्छन्।

आईपीएल अक्सनमा मुम्बईले रिक्त रहेको ७ वटा स्थानमा तेन्दुलकर सहित नाथन कोल्टर नाइल, एडम मिल्ने, पियुष चावला, जेम्स निशम, युध्भिर चरक र मार्को जान्सेनलाई भित्र्यायो। अस्ट्रेलियन फास्ट बलर नाइलको लागि मुम्बईले सर्वाधिक ५ करोड भारु खर्चियो।

यस्तो बन्यो मुम्बई टिम : 

रिटेन भएका खेलाडीहरु : रोहित शर्मा, आदित्य तारे, अनमोलप्रित सिंह, धवल कुल्कर्नी, हार्दिक पान्ड्या, राहुल चाहर, अनुकुल रोय, इशान किशन, जस्प्रित बुम्राह, काइरन पोलार्ड , जयन्त यादव, क्रुनाल पान्ड्या, क्विन्टन डीकक, सुर्यकुमार यादव, ट्रेन्ट बोल्ट, क्रिस लिन , सौरभ तिवारी, मोहसिन खान

अक्सनबाट यो सिजन भित्रिएका खेलाडीहरु : एडम मिल्ने, नाथन कोल्टर नाइल, पियुष चावला, जेम्स निशम युध्भिर चरक, मारको जान्सेन, अर्जुन तेन्दुलकर

सम्बन्धित :-

आईपीएल अक्सन : ठुलो मूल्यमा बैंगलोरले भित्र्यायो जेमीसनलाई

आईपीएल अक्सन : चेन्नाईले रेकर्ड मूल्यमा भित्र्यायो गोथमलाई

२०७७ फाल्गुन ६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment