असोज १५ गतेदेखि २७ गतेसम्म हुने दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) को तयारीका लागि हाल राष्ट्रिय फुटबल टोलि पोखरामा प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट सोमबारमात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए ।
प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भइसकेको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, नेपाल र माल्दिभ्स गरी छ टोलि सहभागी हुनेछन् ।
प्रतियोगिता अन्तर्गत असोज १५ गते नेपालले आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको घरेलु टोलि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले असोज १७ गते आफ्नो दोस्रो खेलमा श्रीलंकासँग, असोज २२ गते भारतसँग तथा अन्तिम खेलमा बंगलादेशसँग असोज २४ गते प्रतिस्पर्धा गर्नेछ ।
नेपालको खेल तालिका :-
असोज १५ गते : नेपाल भर्सेस माल्दिभ्स
असोज १७ गते : नेपाल भर्सेस श्रीलंका
असोज २२ गते : नेपाल भर्सेस भारत
असोज २४ गते : नेपाल भर्सेस बंगलादेश
लिग चरणमा उत्कृष्ट हुने दुई टोलिबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । साफ च्याम्पियनसिपको फाइनल खेल असोज २७ गते हुनेछ । साफ च्याम्पियनसिपको सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्शालामा खेलाइनेछ ।
साफ च्याम्पियनसिपकपको तयारि स्वरूप नेपालले भारतसंग घरेलु मैदान दशरथ रंगशालामा भदौ १७ र २० गते दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारतले ७ पटक उपाधी उचालेको छ । नेपाल भने प्रतियोगितामा हालसम्म फाइनल समेत पुगेको छैन ।
नेपालको २८ सदस्यीय टोली : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी
फोटोमा हेर्नुहोस् राष्ट्रिय फुटबल टोलीको तयारि :-
फोटो : अखिल नेपाल फुटबल संघ (एन्फा)