आईपीएल २०२२ को लागि सबै टिमले रिटेन गरिएको खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। यस्तै बीच दिल्ली क्यापिटल्सले कप्तान रिशभ पन्त सहित पृथ्वी श, अक्षर पटेल र एनरिक् नोर्कियालाई रिटेन गरेको छ।
दिल्लीले टिमको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिखर धवनलाई भने रिटेन गरेन। यस्तै रभीचन्द्रन आश्विन, कागीसो रबाडा र आभेश खानलाई पनि टिमले रिटेन नगरेको हो।
धवनले २०२० र २०२१ को सिजनमा टिमको लागि सर्वाधिक रन बनाएका थिए। बढ्दो उमेर र घट्दो स्ट्राइक रेटका कारण धवनलाई बाहिर राख्ने निर्णयमा दिल्ली पुगेको हो। दिल्लीले युवा खेलाडीहरुमा लगानी गरेको हो।
आगामी सिजन पनि टिमको नेतृत्व गर्न तयार रिशभ पन्तलाई दिल्लीले महँगो रकम १६ करोड भारु अर्थात् २५ करोड, ५९ लाख ७१ हजार नेपाली रुपैयाँमा रिटेन गरेको छ। यस्तै अक्षर पटेललाई ९ करोड भारु ( १४ करोड, ३९ लाख, ८३ हजार नेपाली रुपैयाँ ), पृथ्वी शलाई ७.५ करोड भारु ( ११ करोड, ९९ लाख, ८६ हजार नेपाली रुपैयाँ ) र एनरिक् नोर्कियालाई ६.५ करोड भारु ( १० करोड, ३९ लाख, ८८ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरिएको छ। अक्सनको लागि दिल्लीसंग अब ४७.५ करोड भारु बाँकी रहेको छ।
यो पनि पढ्नुस :
कोहली सहित तिन खेलाडी आरसीबिद्वारा रिटेन, कति पाए कोहलीले रकम