आईपीएल २०२२ को लागि रोयल च्यालेन्जर्स बैंगलोरले पूर्व कप्तान बिराट कोहलीलाई रिटेन गरेको छ।
कोहली सहित मोहम्मद सिराज र ग्लेन म्याक्सवेललाई पनि रिटेन गरिएको छ। बैगलोरले कोहलीलाई १५ करोड भारुमा ( २३ करोड, ९७ लाख, ७८ हजार नेपाली रुपैयाँ ) रिटेन गरेको हो। यस्तै म्याक्सवेललाई ११ करोड भारु ( १७ करोड, ५८ लाख, ३७ हजार नेपाली रुपैयाँ ) तथा सिराजलाई ७ करोड भारु ( ११ करोड, १८ लाख, ९६ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरेको छ।
तिन खेलाडीमा ३३ करोड खर्चे पछि अक्सनमा बैंगलोरसंग ५७ करोड भारु खर्च गर्ने रकम रहेको छ।
बैंगलोरले देभदत्त पडीक्कल, हर्षल पटेल, युजभेन्द्र चहल, केएस भारत जस्ता खेलाडीलाई रिलिज गरेको छ। पटेल, चहल र पडीक्कल टिमको लागि शानदार प्रदर्शन गर्दै आएका छन्। बिराट कोहलीले बैंगलोरको कप्तानी छाडेपछि टिम यो सिजन नयाँ कप्तानका साथ आउनेछ। ए बि डी भिल्लीयर्सले पनि सन्यास लिईसकेका छन् र फ़्रेन्चाइज् क्रिकेट खेल्ने छैनन्।
रिटेन्सन पछि बैंगलोरका पूर्व कप्तान कोहलीले यात्रा निरन्तर रहेको प्रतिक्रिया दिए – “यात्रा निरन्तर। जब मलाई सम्पर्क गरिएको थियो मलाई कुनै सन्देह थिएन। आगामी तिन वर्ष फ़्रेन्चाइजको लागि खेल्नु मेरो लागि ठूलो कुरा हो। म विश्वास गर्छु मेरो उत्कृस्ट अझै आउन बाँकी छ। आशा छ हामि सबैलाई गर्वित बनाउने छौँ। हाम्रो फ्यानहरु गजबका छन् र सबैलाई माया व्यक्त गर्छु। म मेरो मुटु देखि त्यहाँ हुनेछु।”
सम्बन्धित :
पन्जाबबाट अलग भए केएल राहुल, यी दुई खेलाडीलाई गर्यो रिटेन
मुम्बईले ४ खेलाडीलाई गर्यो रिटेन, कति पाए रकम, कति रकम छ बाँकी