IPL : पन्जाबबाट अलग भए केएल राहुल, यी दुई खेलाडीलाई गर्यो रिटेन

आगामी सिजन २०२२ आईपीएलको लागि पन्जाब किंग्सका कप्तान रहेका केएल राहुलले अक्सनमा जाने निर्णय लिएका छन्। आगामी सिजन पन्जाबको कप्तानी नयाँ खेलाडीले गर्नेछन्।

पन्जाबले मेगा अक्सन भन्दा अघि ब्याट्सम्यान मायाँक अग्रवाल र देब्रे हाते पेसर अर्शदिप सिंहलाई मात्र रिटेन गरेको छ।

अग्रवाललाई पन्जाबले १२ करोड भारुमा ( १९ करोड, १९ लाख, २३ हजार नेपाली रुपैयाँ ) तथा अर्शदिपलाई ४ करोड भारु ( ६ करोड, ३९ लाख, ८९ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरेको छ। दुई खेलाडीमा १६ करोड भारु खर्चीए पछि अब अक्सनको लागि पन्जाबसंग ७२ करोड बारू बाँकी रहेको छ।

पन्जाबले राहुललाई टिममा रिटेन गर्न चाहन्थ्यो तर उनले टिमबाट अलग भएर अक्सनमा जाने निर्णय लिएका हुन्। रिटेन्सन बारे बोल्दै टिमका प्रशिक्षक अनिल कुम्बलेले बताए – “हामि राहुललाई रिटेन गर्न चाहन्थ्यौं तर उनले अक्सनमा जाने फैसला लिए जसलाई सम्मान गर्छौं।”

भारतीय क्रिकेट टिमको उपकप्तान बनेपछि केएल राहुलको ब्राण्ड भ्यालु बढेको छ र अक्सनमा उनलाई ठूलो बोलि लाग्नेमा शंका छैन। आईपीएल २०२२ को लागि नयाँ टिम अहमदावाद र लखनऊको साथै राजस्थान रोयल्स पनि राहुललाई किन्न ठूलो रकम खर्चन सक्नेछ।

राहुलले आईपीएलको पछिल्लो ४ सिजन क्रमशः ६५९, ५९३, ६७० र ६२६ रन बनाएका छन् भने टिम नेतृत्वको पनि अनुभव छ। विश्लेषकहरुका अनुसार राहुलले अक्सनमा २० करोड भारु रकम पाउन सक्नेछन्।

सम्बन्धित :

धोनी भन्दा बढी मूल्यमा जडेजालाई चेन्नाईले गर्यो रिटेन
मुम्बईले ४ खेलाडीलाई गर्यो रिटेन, कति पाए रकम, कति रकम छ बाँकी

२०७८ मंसिर १४, मंगलवार मा प्रकाशित