IPL : हैदरावादले विलियमसन सहित तिन खेलाडी गर्यो रिटेन, जान्नुस कति पाए रकम

आईपीएल २०२१ मा सबैभन्दा खराब प्रदर्शन गर्ने टिम सनराइजर्स हैदरावादले आगामी सिजनको लागि केन विलियमसन, अब्दुल समद र उम्रान मलिकलाई रिटेन गरेको छ।

हैदरावादले विलियमसनलाई १४ करोड भारु अर्थात् २२ करोड ३८ लाख, ८७ हजार नेपाली रुपैयाँमा रिटेन गरेको हो। यस्तै अब्दुल समद र उमरान मलिकलाई समान ४ करोड भारु ( ६ करोड, ३९ लाख, ६७ हजार नेपाली रुपैयाँ ) रिटेन गरिएको छ। अक्सनमा हैदरावादसंग पर्समा ६८ करोड भारु रकम हुनेछ।

रिटेन भएका अनक्याप्ड खेलाडी मलिक र समद दुवै जम्मु कश्मिरका हुन्। मलिकले आफ्नो पहिलो आईपीएल सिजनमा सबैलाई प्रभावित बनाएका थिए जो १५० किलो मिटर प्रतिघण्टाको गतिमा बलिंग गर्न सक्छन्। समद आक्रामक ब्याटिंग गर्न सक्छन्।

हैदरावादले टिमका दुई स्टार ओपनर डेभिड वार्नर र जोनी बेयरस्टो तथा राशिद खान, भुवनेश्वर कुमार र मनिष पाण्डेलाई भने रिटेन गरेन। यी खेलाडीहरु अब मेगा अक्सनमा जानेछन्।

श्रोतका अनुसार राशिद खानसंग रकममा सहमति नभएका कारण उनलाई रिटेन नगरिएको हो। राशिदले गत सिजन सम्म ९ करोड भारु वार्षिक पाउदै आएका थिए। हैदरावादले राशिदलाई १२ करोड भारु दिन तयार भएता पनि राशिदले सहमति जनाएनन्।

यो पनि पढ्नुस

IPL : रिशभ महँगो मूल्यमा दिल्लीमा रिटेन, ठूला खेलाडी भए रिलिज

२०७८ मंसिर १५, बुधबार मा प्रकाशित