दोश्रो टेस्टमा घरेलु टोलि बंगलादेशलाई इनिंग्स र ८ रनले पराजित गर्दै पाकिस्तानले दुई टेस्टको सिरिज २-० ले जितेको छ। पहिलो टेस्ट पाकिस्तानले ८ विकेटले जितेको थियो।
टेस्टको पहिलो इनिंग्समा पाकिस्तानले ३००/४ को योगफलमा इनिंग्स समाप्तिको घोषणा गरेको थियो। पहिलो इनिंग्समा बंगलादेश ८७ रनमै समेटिएपछि पाकिस्तानले बंगलादेशलाई फलो अन दिएको थियो। दोश्रो इनिंग्समा बंगलादेशले २०५ रनमा सम्पूर्ण विकेट गुमाएपछि उसले इनिंग्स अन्तरको हार बेहोरेको हो।
बंगलादेशको लागि दोश्रो इनिंग्समा शाकिब अल हसनले ६३, मुश्फिकुर रहिमले ४८ तथा लिटन दासले ४५ रन बनाए। पाकिस्तानको बलिंगमा अफ स्पिनर साजिद खानले ४ विकेट लिए भने साहिन अफ्रिदी र हसन अलिले समान २ विकेट र बाबर आजमले १ विकेट लिए।
पहिलो इनिंग्समा बंगलादेशलाई ८७ रनमै समेट्न पाकिस्तान अफ स्पिनर साजिद खानले ८ विकेट लिएका थिए। ८ विकेट लिने क्रममा उनको स्पेल ( १५-४-४२-८ ) बंगलादेश क्रिकेट टेस्ट क्रिकेट इतिहासकै उत्कृस्ट हो। पहिलो इनिंग्समा पाकिस्तानको ब्याटिंगमा कप्तान बाबर आजमले सर्वाधिक ७६, अजहर अलिले ५६, मोहम्मद रिजवानले ५३ तथा फवाद आलमले ५० रन योगदान दिएका थिए।
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अंकतालिका