टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा सहभागी मध्ये सबैभन्दा कम वरियताको फिलिपिन्सलाई नेपालले शनिवार १३६ रनको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित निकाल्यो। खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै बनाएको २१८ रनको जवाफमा फिलिपिन्सले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ८२ रन बनाएको थियो। नेपाल र फिलिपिन्स पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरेका हुन्।
खेलपछि नेपाली टिमका मूख्य प्रशिक्षक तथा पूर्व श्रीलंकन क्रिकेटर पुबुदु दासानायेकेले फिलिपिन्स टिमको हौसला बढाउदै सुझाव दिएका छन्। खेलपछि फिलिपिन्स टिमलाई भेट्न पुबुदु पुगेका हुन्।
खेलमा कमेन्ट्रि गरेका एन्ड्रयु लियोनार्डले आफ्नो ट्वीटरमा पुबुदुले फिलिपिन्स टिमलाई सुझाव र हौसला दिएको तस्विर राख्दै पुबुदुको कामको तारिफ गरेका छन्। पुबुदुले १५ मिनेट मैदान बाहिर फिलिपिनी टिमसंग बिताएका थिए।
“मलाई मन पर्यो, नेपालका मूख्य प्रशिक्षक पुबुदु दासानायेकेले खेलपछि उनको महत्वपूर्ण १५ मिनेट फिलिपिनी टिमसंग बिताउने क्रममा टिमलाई सुझाव र हौसला प्रदान गरेका छन्। सबै विकासशील राष्ट्रहरुले एक अर्कालाई सहयोग गर्नु महत्वपूर्ण पक्ष हो जो खेलको विकाशमा तल्लिन छन्।”
लियोनार्डको ट्वीटपछि प्रशिक्षक पुबुदु दासानायेकेले उनलाई धन्यवाद दिंदै आफूले केहि ज्ञान बाड्न पाउदा खुसि व्यक्त गरेका छन्।
Thank you @CricketBadge for your kind words. @cricketphl It was my pleasure to share some knowledge https://t.co/bKbhlScTY7
— Pubudu Dassanayake (@PDassnayake) February 19, 2022
आईसीसी टि-२० अन्तर्राष्ट्रिय वरियतामा ४७ औं स्थानमा रहेको फिलिपिन्स पहिलो पटक यति ठूलो प्रतियोगिता खेलीरहेको हो। फिलिपिन्स टिम मनिलामा रहने भारतीय प्रवासी तथा फिलिपिनो-अस्ट्रेलियनहरुले निर्मित छ। पढ्नुस – अन्डरडग फिलिपिन्सको विश्वकप लक्ष्य, फन्ड उठाएर तयारी
नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो दुई हेल जितेपछि प्रशिक्षक पुबुदु दासानायेकेले पनि तारिफ बटुलेका छन्। जितपछि पुबुदुले राष्ट्रिय टिमसंग “रातो र चन्द्र सुर्य” गाउने परम्परा पुनः सुरुवात गरेपछि उनले नेपाली टिम एक रहेको सन्देश प्रवाहित गरेका छन्।
Nepal celebrating with their team song after the win over Oman. pic.twitter.com/Tbi3VHlg5h
— Peter Della Penna (@PeterDellaPenna) February 18, 2022