विश्वकपमा ऐतिहासिक जिम्मेवारीपछि महिला रेफ्रीको आत्मविश्वास

टोकियो, असार १४ (एपी)– जापानी रेफ्री योसिमी यामासिता दशक पहिले पेले वा अन्य जोकोहीले फुटबललाई सुन्दर खेलका रूपमा वर्णन गरेका बारे सहमति जनाउने गर्छिन् । योसिमी आगामी नोभेम्बर १२ देखि हुने कतार विश्वकपका लागि छनोट भएका तीन महिला रेफ्रीमध्ये एक हुन् ।

फुटबल विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीले उक्त जिम्मेवारी पाउँदै छन् । ‘जसरी हुनुपथ्र्यो त्यसै गरी यस खेललाई ख्याती कमाउन दिनुपर्छ । एउटा रेफ्रीको रूपमा मेरो लक्ष्य भनेको फुटबलका आकर्षणलाई बाहिर ल्याउनु पनि हो,’ टोकियोमा भएको पत्रकार सम्मेलनका क्रममा योसिमी यामासिताले भनिन्, ‘त्यो समय (विश्वकप) मैले गर्नुपर्ने काम गर्छु । यदि खेलाडीसँग कुराकानी गर्नुपर्दछ भने त्यो पनि गर्नेछु । रातो कार्ड आवश्यक परे त्यो पनि देखाउनेछु । फुटबलमा धेरै नियन्त्रण गर्नुभन्दा पनि फुटबलबाट सबैभन्दा राम्रो पक्ष के बाहिर ल्याउन सकिन्छ त्यो गर्ने लक्ष्य छ ।’

उनीसँगै फ्रान्सकी स्टेफानी फ्रापर्ट र रुवान्डाकी सलिमा मुकानसंगा आगामी विश्वकपमा सहभागी तीन रेफ्री हुन् । यस पटकको विश्वकपमा कुल ३६ फिफा रेफ्री सहभागी हुँदै छन् । ६९ जना एसिस्टेन्ट फिफा रेफ्रीमध्ये तीन महिला छन् । ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी कारेन डियाज र अमेरिकाकी क्याथरिन नेसबिट तीन जना एसिस्टेन्ट फिफा रेफ्री हुन्, जसले विश्व फुटबलकै सबैभन्दा ठूलो सफलता पाउँदै छन् । यद्यपि, यी तीन जनालाई खेलको जिम्मेवारी दिने सम्भावना कम छ । उनीहरूलाई ‘फोर्थ अफिसियल’ का रूपमा राखेर पाखा लगाउन सम्भावना प्रबल छ ।

Japan WCup 2022 Soccer Female Referee

‘हरेक म्याच अफिसियलबारे आगामी महिना राम्रोसँग विश्लेषण हुन्छ । विश्वकपअगाडि हुने अन्तिम चरणको मूल्यांकनमा उनीहरूका (रेफ्री) बारे प्राविधिक, शारीरिक र स्वास्थ्य अवस्थाबारे विश्लेषण हुनेछ,’ फिफाको रेफ्री डाइरेक्टर मासिमो बुसकाले विज्ञप्तिमार्पmत भने । जापानको महिला रेफ्रीलाई छनोट गर्नुको निर्णय पछाडि त्यहाँको सरकारको महिला आरक्षणप्रतिको उदासीनताको कारण हो । जापानको राष्ट्रिय विधायकमा जम्मा १४.३ प्रतिशत महिला मात्र समावेश छन्, जुन महिला आरक्षण दिने १ सय ९० राष्ट्रमध्ये जापान १ सय ५२औं स्थानमा रहेको छ ।

अमेरिकाको एक अध्ययनले केही महिना अगाडि मात्र निकालेको महिला आरक्षणसम्बन्धी सर्वेक्षणमा उक्त तथ्य खुलेको थियो । तलबमा लैंगिक विभेद हुने देशमध्ये जापानमा पनि एक हो र एक सय ५६ देशको सर्वेक्षणमा जापान एक सय २०औं स्थानमा छ । ‘महिलाहरूलाई खेलकुदमा यो खालको महŒवपूर्ण जिम्मेवारी दिनु निकै सुखद पक्ष हो । खेलकुद र त्यसमा पनि फुटबलले यसको नेतृत्व ग¥यो भने परिवर्तन आउन सक्छ,’ योसिमी यामासिताले भनिन्, ‘जापानको फुटबलमा मेरो यात्रा धेरै रहनेछ भन्ने आशा गरेकी छु । जसरी आज महिलालाई फरक तवरबाट प्रवर्धन गरियो यो निकै उत्कृष्ट काम हो । फुटबल मात्र होइन अन्य खेलले पनि यसको अनुसरण गर्नुपर्छ ।’

जापानको फुटबलले विश्वमा नै विशेष स्थान बनाइसकेको छ । सन् २०११ को महिला विश्वकप जितेको जापान सन् २०१५ को उपविजेता पनि हो । यामासिताले सोमबार टोकियोबाहिर ३५ डिग्री सेल्सियस तापक्रममा अभ्यास गरेकी थिइन् । कतारमा काम गर्नुपर्ने भएकाले आफूले त्यस किसिमको तापक्रममा अभ्यास गरेको उनको भनाइ छ ।

Japan WCup 2022 Soccer Female Referee

पत्रकार सम्मेलनमा निकै हँसिलो मुद्रामा देखिएकी उनले जापानको पुरुष जे लिगमा समेत रेफ्रीको भूमिका निर्वाह गरिसेकेकी छन् । पुरुषकै एसियन च्याम्पियन्स लिगमा पनि उनको सहभागिता रहेको थियो । गत वर्षको टोकियो ओलम्पिकमा समेत उनी सहभागी थिइन् । ‘पक्कै पनि दबाब सबैलाई हुन्छ,’ उनले भनिन्, ‘किनकि मसँग धेरै जिम्मेवारी हुन्छन् । तर, म त्यो दबाब र जिम्मेवारी सहजतापूर्वक वहन गर्न तयार छु । यसलाई सकारात्मक र खुसी साथ निर्वाह गर्नेछु । विश्वकप मैदान प्रवेश गरेपछि जुन उत्साह हुनेछ त्यो बयान गर्न नै सकिँदैन । तथापि, मलाई लाग्छ हाम्रा लागि धेरै हुटिङ हुनेछन् ।’

गतिका हिसाबले महिलाको भन्दा पुरुष विश्वकप फरक हुने उनको भनाइ छ । ‘खेलाडीभन्दा पनि गतिका हिसाबले महिला र पुरुषको विश्वकप फरक हुन्छन्,’ उनले भनिन्,‘त्यो बलको गतिले होइन । त्यसैले मैले उनीहरूभन्दा छिटो निर्णय लिन सक्नुपर्छ । जब मैले खेलाडीलाई कार्ड दिनेछु, त्यस समय केही पनि भन्दिनँ । तर, चेतावनी दिनुपर्दा भने इङ्लिसमा म खुसी छैन भन्नेछु । पक्कै पनि उनीहरूले सहजै बुझ्नेछन् ।’

योसिमी यामासितासँगै फ्रान्सकी स्टेफानी फ्रापर्ट र रुवान्डाकी सलिमा मुकानसंगा आगामी विश्वकपमा सहभागी तीन महिला रेफ्री हुन् । यस पटकको विश्वकपमा कुल ३६ जना फिफा रेफ्री सहभागिता हुँदै छन् ।

Yoshimi Yamashita of Japan, one of three women picked to be head referees at the men’s soccer World Cup, works out at a gym on Monday, June 27, 2022, at JFA YUME Field in Chiba, near Tokyo. (AP Photo/Eugene Hoshiko)

२०७९ असार १७, शुक्रबार मा प्रकाशित