पाकिस्तान क्रिकेटर पुर्वकप्तान तथा महानतम देब्रे हाते तिब्र गति बलर वासिम आक्रमले आफ्नो खेल जीवनमा बलिंग गर्दा या संगै खेल्दा उत्कृस्ट ब्याट्सम्यानहरु चुनेका हुन्। अक्रमका पुर्व पाकिस्तानी साथि खेलाडी बासित अलिसंग युट्युब शोमा कुराकानीको क्रममा आक्रमले टेस्ट क्रिकेटको क्षमताका आधारमा ५ खेलाडीको नाम लिएका थिए। अक्रमको नजरमा उत्कृस्ट ५ टेस्ट ब्याट्सम्यानहरु यस प्रकार रहेका छन् –
१. भिभ रिचर्डस् ( वेस्टइन्डिज )
५०२ एकदिवसीय तथा ४१४ टेस्ट विकेट लिएका अक्रमले सुचीको पहिलो स्थानमा वेस्टइन्डिजका महान ब्याट्सम्यान तथा पुर्व कप्तान सर भिभियन रिचर्डसलाई राखेका छन्।
“अतुलनीय कला र प्रतिभा तथा खेलमा ठुलो प्रभाव पार्ने ब्याट्सम्यानको नाम भिभ रिचर्डस् हो। मैले मध्ये ८० र ९० को दशक देखि २००० सम्म सबै महान ब्याट्सम्यानम्यानहरुसंग खेलेको छु जसमध्ये भिभ निकै विशिष्ट थिए।” आक्रमले रिचर्ड्सको तारिफ गर्दै बताए।

रिचर्ड्सले वेस्टइन्डिजको लागि १२१ टेस्ट तथा १८७ एकदिवसीय खेलेका थिए। टेस्टमा ५०.२३ को औशतले २४ शतक र ४५ अर्धशतक प्रहार गर्दै ८,५४० रन बनाएका रिचर्ड्सले एकदिवसीयमा ४७ को औशतले ११ शतक र ४५ अर्धशतक प्रहार गर्दै ६,७२१ रन बनाएका थिए।
२. मार्टिन क्रो ( न्युजिल्यान्ड )
अक्रमले पुर्व न्युजिल्यान्ड कप्तान मार्टिन क्रोलाई दोश्रो नम्बरमा राखेका छन्।
“दोश्रो नम्बरमा म मार्टिन क्रोलाई राख्छु कारण उनको सम्पूर्णत कला हो। जब विश्वलाई रिभर्स स्विंग कसरि खेल्ने थाहा थिएन उसले हामि बिरुद्ध खेल्यो। एउटा सिरिज थियो जसमा वकार युनिसले ३ खेलमा ३० विकेट तथा मैले १ र आधा ( म घाइते भएको थिए ) खेलमा १६ विकेट लिएको थिए। त्यो सिरिजमा क्रोले २ शतक हिर्काएका थिए।
“त्यो सिरिज पछि मैले उनलाई सोधे मलाई र वकारलाई कसरि त्यति राम्रो खेल्यौ ? उनले भने ‘तपाई र वकारले इनस्विंग गर्दा फ्रन्ट फुटमा खेले भने बाहिर गएको बललाई छोडे जुनक्रममा ब्याटकोको किनारा लगाइन।” अक्रमले क्रोसंगको कुराकानी याद गरे।

क्रोले न्युजिल्यान्डको लागि ७७ टेस्ट र १४३ एकदिवसीय खेलेका थिए। टेस्टमा ४५.३६ को औशतले १७ शतक र १८ अर्धशतक प्रहार गर्दै ५,४४४ तथा एकदिवसीयमा ३८.५५ को औशतले ४ शतक र ३४ अर्धशतक प्रहार गर्दै ४,७०४ रन बनाएका थिए।
३. ब्रायन लारा
कीर्तिमानी वेस्टइन्डिज महान ब्याट्सम्यान ब्रायन लारालाई उनले तेश्रो स्थानमा राखेका छन्।
“तेश्रो नम्बरमा म ‘द प्रिन्स’ ब्रायन लारालाई राख्छु। उनि निकै स्तरीय ब्याट्सम्यान थिए। उनलाई बलिंग गर्न गार्हो हुन्थ्यो। उनको ब्याट बिभिन्न दिशाबाट आउन सक्थ्यो। उनि कहिले शान्त बस्थेनन्” आक्रमले बताए।

लाराले वेस्टइन्डिजको लागि १३१ टेस्ट र २९९ एकदिवसीय खेलेका थिए। त्यस क्रममा टेस्टमा ५२.८८ को औशतमा ३४ अर्धशतक र ४८ अर्धशतक मद्दतले ११,९५३ रन बनाएका थिए। यस्तै एकदिवसीयमा ४०.४८ को औशतले १९ शतक र ६३ अर्धशतक मद्दतले १०,४०५ रन बनाएका थिए।
४. इन्जमाम उल हक ( पाकिस्तान )
आक्रमले आफ्नै साथि पाकिस्तानी खेलाडी तथा पुर्वकप्तान इन्जमाम उल हकलाई चौथो स्थानमा राखेका छन्। इन्जमामलाई बलिंग नगरेकोले उनको ब्याटिंग बारे नबोले पनि उनि महान खेलाडी भएको बताए।
इन्जमामले पाकिस्तानको लागि १२० टेस्ट तथा ३७८ एकदिवसीय खेलेका थिए। उनले टेस्टमा ४९.६० को औशतले २५ शतक र ४६ अर्धशतक प्रहार गर्दै ८,८३० तथा एकदिवसीयमा ३९.५२ को औशतमा १० शतक र ८३ अर्धशतक मद्दतले ११,७३९ रन बनाएका थिए।

५. सचिन तेन्दुलकर
कीर्तिमानी भारतीय मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई आक्रमले पाँचौ नम्बरमा राखेका छन्। त्यसको कारण पनि उनले बताएका छन्।
“म सचिन तेन्दुलकरलाई पाँचौ नम्बरमा राख्छु किनकि हामीले एकअर्का बिरुद्ध १० वर्ष खेलेनौं। वकार युनिस र मैले १० वर्ष टेस्ट म्याचमा बलिंग गरेनौ। सचिन १९८९ मा पाकिस्तान आउदा १६ वर्षका थिए त्यसपछि हामीले १९९९ उनि बिरुद्ध खेल्यौं।”
“मैले शारजहाँमा एकदिवसीयमा सचिनलाई बलिंग गरेको थिए, तर टेस्ट क्रिकट भिन्न छ। कुनै शंका छैन उनि खेलको महान खेलाडी हुन्। तर एउटा बलरको रुपमा मैले उनलाई आफ्नो उच्चतम लयमा बलिंग गर्न पाइन। त्यसैले मलाई उनलाई आंकलन गर्न मुस्किल छ।”

तेन्दुलकरले भारतको लागि २०० टेस्ट र ४६३ एकदिवसीय खेलेका थिए। टेस्टमा ५३.७८ को औशतले ५१ शतक र ६८ अर्धशतक मद्दतले १५,९२१ तथा एकदिवसीयमा ४४.८३ को औशतले ४९ शतक तथा ९६ अर्धशतक मद्दतले १८,४२६ रन बनाएका छन्।
यो पनि पढ्नुस : एकै इन्सटाग्राम पोस्टबाट करोडौं कमाउछन् खेलाडीहरु, जान्नुस कति हुन्छ रोनाल्डो, मेस्सी र कोहलीको कमाइ
