४६ बलमा शतक बनाउदै फिलिप्सको नयाँ कीर्तिमान, साझेदारीको समेत विश्वकीर्तिमान

न्युजिल्याण्ड र वेस्ट इन्डिजबीच ३ खेलको टि-ट्वान्टी सिरिज अन्तर्गत आइतबार जारि दोस्रो खेलमा ग्लेन फिलिप्सले विस्फोटक शतकीय पारि खेल्दा घरेलु टोलि न्युजिल्याण्डले भ्रमण टोलि वेस्ट इन्डिजलाई २३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसअघि शुक्रबार समपन्न पहिलो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पार्दै सिरिजमा अग्रता लिएको थियो।

बे ओभल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २३९ रनको विशाल योगफल प्रस्तुत गरेको छ। यो न्युजिल्याण्डले टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बनाएको तेस्रो सर्वाधिक योगफल हो। यसअघि न्युजिल्याण्डले २०१८ मा वेस्ट इन्डिज विरुद्धनै सर्वाधिक २४४ रनको योगफल तयार पारेको थियो।

फिलिप्सको छिटो अर्धशतक , साझेदारीको नयाँ विश्वकीर्तिमान

उसका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ग्लेन फिलिप्सले ५१ बलमा १०८ रनको विस्फोटक पारि खेले। उनले १० चौका र ८ छक्का प्रहार गरे। उनले ४६ बलमा शतक पुरा गरेका थिए जुन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका खेलाडीले बनाएको सबैभन्दा छिटो शतक हो। यस अघि कोलिन मुनरोले २०१८ मा वेस्टइन्डिज बिरुद्ध ४७ बलमा शतक बनाएका थिए।

ओपनरद्वय मार्टिन गप्टिल र साइफर्टले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई राम्रो सुरुवात दिलाएका थिए। गप्टिलले ३४ तथा साइफर्टले १८ रन बनाए।

कनवे र ग्लेन फिलिप्सले तेस्रो विकेटको लागि १८४ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई विशाल योगफलतर्फ उन्मुख पारेका थिए। टि-ट्वान्टी अन्तराष्ट्रिय खेलमा तेस्रो विकेटको लागि यो सर्वाधिक रनको  साझेदारी हो। यसअघि २०१९ मा न्युजिल्याण्ड विरुद्ध डेविड मलान र ओएन मोर्गानले तेस्रो विकेटका लागि सर्वाधिक १८२ रनको साझेदारी गरेका थिए। ३७ बलको सामना गरेका कनवेले अविजित ६५ रन बनाए। फिलिप्सइनिंगको अन्तिम बलमा आउट भएका थिए।

वेस्ट इन्डिजको बलिंगतर्फ ओसेन थोमस (४-०-४४-१) र फाबियन एलियनले (३-०-३५-१) समान १-१ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे। सिरिज जोगाउन इन्डिजलाई आजको खेल जित्नै पर्ने दबाब छ।

यो पनि पढ्नुस :- 

ज्ञानेन्द्र, रोहित र दिपेन्द्रले आज देखि प्रशिक्षण थाल्ने, सहायक प्रशिक्षकमा कटुवाल नियुक्त

एलपीएलमा आन्द्रे रसेलको १४ बलमै अर्धशतक

दोश्रो वानडे : भारत बिरुद्ध टस जितेर अस्ट्रेलियाले ब्याटिंग गर्ने, दुवै टिमको अन्तिम-११ मा को-को

२०७७ मंसिर १४, आईतवार मा प्रकाशित