अस्ट्रेलियासंग सिरिज हार पछि कोहलीले बताए हारको कारण

पहिलो वानडेमा ६६ रनको हार पछि सिरिज जोगाउन जित्ने पर्ने दोश्रो वानडेमा ५१ रनले पराजित भएपछि अस्ट्रेलिया भ्रमण अन्तर्गत वानडे सिरिजमा भारतीय टिम १ खेल अगावै २-० ले पराजित हुन पुग्यो। एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको यो लगातार पाँचौ हार हो।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले स्टिभ स्मिथको शतक ( १०४ रन ) को मद्दतले दिएको ३९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतले ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो। कप्तान बिराट कोहलीले सर्वाधिक ८९ रन बनाएता पनि टिमलाई जित दिलाउन असफल रहे।

हारपछि प्रतिक्रिया दिने क्रममा कोहलीले हार स्वीकार गर्दै बलरहरुलाई दोष दिए –

“उनीहरुले हामिलाई पुरै पछि पारे। हामिले नयाँ बलले प्रभावहिन् रह्यौं र ठाउँमा बलिंग गर्न सकेनौ। उनीहरुसंग बलियो ब्याटिंग लाइन-अप छ, उनीहरुलाई परिस्थिति र एंगलहरु समेत राम्रो थाहा छ।”

कोहलीले रन पछ्याउने क्रममा टिमले अनियमित प्रदर्शन गरेको बताए –

“रन पछ्याउदा हामि अनियमित रह्यौं। १/२ विकेटले हाम्रो आवस्यक रन रेट बढ्न सक्थ्यो त्यसैले हामीले नियमित बनाउनु पर्थ्यो। उनीहरुले त्यसको फाइदा उठाए र फिल्ड त्यो अनुसार सजाए जसले फरक पार्यो।”

“केएल र मैले ५० रन बढी साझेदारी गर्न सकेको भए अन्तिम १० ओभरमा हार्दिक ब्याटिंग गर्न बाँकी भएको अवस्थामा हामि १०० रन बनाउन पनि सक्षम थियौं। केएल र म ४० औं ओभरसम्म टिक्न सकेको भए उनीहरुलाई दबाब बनाउन सक्ने थियौं। विकेट ब्याटिंग गर्न सुन्दर थियो।”

हार्दिक पान्डेको बलिंग बारे बोल्दै कोहलीले बताए – “हार्दिकले बलिंग गर्न सहज महसुस गरे। सुरुवातमा १-२ ओभर मात्र हेर्न चाहन्थ्यौ तर उनले राम्रो महसुस गरे जसपछि २ ओभर बढी गरे।”

२-० ले एक खेल अगावै सिरिज जितपछि अस्ट्रेलियन कप्तान आरोन फिंचले आफ्नो खेलाडीहरुको तारिफ गरे –

“हामीले ब्याटबाट गजबको प्रदर्शन गर्यौं। २ खेल जितेर सिरिज जित्दा खुसि छौँ। मैले अझ आक्रामक खेल्न सकेको भए राम्रो हुन्थ्यो, तर पनि मलाई लाग्छ हामीले राम्रो आधार तयार गर्न सक्यौं। स्मिथ र वार्नरले सधै जसो राम्रो गरे। मोईसेसले निकै राम्रो गरे जसमा उनको कटरर्सहरु सामेल थियो। बिराटले भने जस्तै हार्दिकबाट हामीले सिकेर बलको पेस घटायौं।”

लगातार दोश्रो खेलमा शतक बनाउदै प्लेयर अफ द म्याच चुनिएका स्टिभ स्मिथले सुरुवात देखि सहज महसुस गरेको बताए। भारत बिरुद्ध स्मिथले लगातार तेश्रो शतक बनाए।

“पहिलो बल देखि मैले राम्रो महसुस गरे। क्रिजमा जमे र कडा रुपमा प्रस्तुत भए। फिन्च र डेभिडले राम्रो आधार तयार गरे जसले गर्दा म रम्याक्सवेलले अन्तिममा आक्रामक खेल्न सके।”

“भारत बिरुद्ध तपाईले ठुलो योगफल बनाउनै पर्छ। मलाई लाग्छ आईपीएलमा मैले बललाई धेरै बल प्रयोग गरेर खेले जुन मलाई काम पनि गरिरहेको छ। अहिले म राम्रो क्रिकेटिंग सटहरु खेलीरहेको छु।”

सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय डिसेम्बर २ तारिख, बुधबार खेलिनेछ। त्यसपछि दुइ देश बीच ३ वटा टि-२० अन्तर्राष्ट्रिय तथा ४ वटा टेस्टको सिरिज खेलिनेछ।

यो पनि पढ्नुस :-

स्मिथ पुनः चम्किदा भारत बिरुद्ध अस्ट्रेलियाको सिरिज जित

एलपीएलमा आन्द्रे रसेलको १४ बलमै अर्धशतक

ज्ञानेन्द्र, रोहित र दिपेन्द्रले आज देखि प्रशिक्षण थाल्ने, सहायक प्रशिक्षकमा कटुवाल नियुक्त

फिलिप्सले कीर्तिमानी शतक बनाउदा, १ खेल अगावै न्युजिल्यान्डलाई सिरिज

२०७७ मंसिर १४, आईतवार मा प्रकाशित