जस्प्रित बुम्राहले ह्याट्रिक सहित सनसनीपूर्ण प्रदर्शन गर्दा वेस्ट इन्डिज बिरुद्धको दोश्रो टेस्टमा भारत अर्को ठुलो जितको बाटोमा हिंडेको छ।
टेस्टको पहिलो दिन टस हारेर ब्याटिंग गरेको भारतले २६४/५ को अवस्थामा दिनको समाप्ति गरेको थियो। दोश्रो दिन भारतको इनिंग ४१६ रनमा समाप्त भयो।
हनुमा बिहारीले करियरकै पहिलो शतक ( १११ रन ) बनाए। आठौँ विकेटको लागि शतकीय ( ११२ रनको ) साझदारी गर्दै बिहारीलाई शतक बनाउन सघाए भने इशान्त स्वयम्ले पनि करियरकै पहिलो अर्धशतक ( ५७ रन ) बनाए। यस अघि पहिलो दिन भारतीय कप्तान बिराट कोहलीले ७६ तथा मायाँक अग्रवालले ५५ रन बनाएका थिए।
वेस्ट इन्डिजको बलिंगमा कप्तान जेसन होल्डरले ५ विकेट लिए। यस्तै डेब्यु टेस्ट खेलीरहेका रहकिम कर्नवालले ३ विकेट लिए।

बुम्राहको सनसनीपूर्ण स्पेल र ह्याट्रिक
दोश्रो दिन ब्याटिंग सुरु गरेको वेस्टइन्डिजले जस्प्रित बुम्राहको अगाडी घुंडा टेक्यो। इनिंगको सातौँ ओभरमा जोन क्याम्पवेललाई २ रनमा विकेटकिपर पन्तबाट क्याच आउट गराएका पन्तले त्यसपछि नवौं ओभरमा ह्याट्रिक लिए।
नवौं ओभरको दोश्रो बलमा डेरेन ब्राभोलाई क्याच आउट गरेपछि शाम्राह ब्रुक्स र रोस्टन चेजलाई एलबिडब्लु आउट गदै उनले ह्याट्रिक पुरा गरे। ह्याट्रिकमै बुम्राह रोकिएनन् र १३ औं ओभरमा क्रेग ब्राथवेटको विकेट लिंदै उनले ५ विकेट पनि पुरा गरे।

२२ रनमा ५ विकेट गुमाएको स्थितिमा पुगेको वेस्टइन्डिजलाई त्यसपछि शिमरन हेटमायार र जेसन होल्डरले क्रमसः ३४ र १८ रन बनाएर केहि राहत दिलाए पनि दुवैले दोश्रो दिन समाप्तिमा वेस्टइन्डिज ३३ ओभरमा ८७/७ को अवस्थामा रहेको छ। जाहमर ह्यामिल्टन २ र रहकिम कर्नवाल ४ रन बनाएर अविजित रहेका छन्।
बुम्राहले ६ विकेट लिने क्रममा ९.१ ओभरमा ३ मेडन ओभर गर्दै १९ रन खर्चिएका छन्। मोहम्मद शामीले १ विकेट लिएका छन्।

भारतको लागि ह्याट्रिक लिने तेश्रो खेलाडी
टेस्ट क्रिकेटमा ह्याट्रिक लिने बुम्राह तेश्रो भारतीय खेलाडी बनेका छन्। टेस्ट क्रिकेट इतिहासको यो ४३ औं ह्याट्रिक हो। यस अघि सन् २००१ मा हरभजन सिंहले अस्ट्रेलिया बिरुद्ध ह्याट्रिक लिएका थिए र पहिलो भारतीय खेलाडी बनेका थिए। यस्तै २००६ मा इरफान पठानले पाकिस्तान बिरुद्ध ह्याट्रिक लिएका थिए।
?? fans, which of these hat-tricks did you enjoy the most? https://t.co/9dWRYwCaol #WIvIND #HatTrick pic.twitter.com/gtSbyawYfN
— ESPNcricinfo (@ESPNcricinfo) August 31, 2019
हरभजनले कोलकातामा भएको टेस्टमा ह्याट्रिक लिंदा रिकी पोंटिंग, एडम गिलक्रिस्ट र शेन वार्नको विकेट लिएका थिए। यस्तै इरफान पठानले सलमान बट, युनिस खान र मोहम्मद युसुफको विकेट लिएका थिए।
The Carribean islands have seen so many fast bowling greats dish out their fury, and this performance from @Jaspritbumrah93 would have made each of those greats extremely happy. Wow just wow. #WIvIND
— Ashwin Ravichandran (@ashwinravi99) September 1, 2019
Jasprit Bumrah is a once in a lifetime talent.
— Ian bishop (@irbishi) August 31, 2019
Now a hat-trick! Bumrah is bowling at another level. Taking wickets for fun.
— Harsha Bhogle (@bhogleharsha) August 31, 2019
