२०१९/२० संस्करणको इंग्लिस प्रिमियर लिग ( इपिएल ) आइतबार सकियो। ११ महिनासम्म चलेको लिगमा ३८० खेलहरु भए जसमा समर्थकहरुले उत्कृस्ट फुटबलको आनन्द उठाए। लिगको दौरान धेरै सम्झनलायक पलहरु घटे जसकारण २८ औ संस्करणको इंग्लिस प्रिमियर लिग निकै यादगार बन्यो।
३० वर्षको लामो पर्खाइपछि लिभरपुलले अन्तत: यो पटक इपिएल उपाधि आफ्नो नाम गर्न सफल भयो। लिभरपुलले ९९ अंक बटुल्दै सहजै लिग जित्यो। सिटीले लिगमा ८१ अंक जोड्दै दोस्रो स्थान पक्का गर्यो। तेस्रो र चौथौ स्थानको लागि भने लिगको अन्तिम चरणको खेलसम्म रोचक प्रतिस्पर्धा भयो। लिगको अन्तिम दिन म्यानचेस्टर युनाइटेडले लेस्टरलाई र चेल्सीले वोल्भ्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको लागि आफ्नो स्थान सुरक्षित पारे।
लिगको सुरुवातमा उत्कृस्ट प्रदर्शन गरेको लेस्टरले अन्तिम चरणमा लय गुमाउन पुग्दा आगामी वर्ष च्याम्पियन्स लिग खेल्नबाट चुक्न पुग्यो। पाँचौ स्थानमा रहदै लेस्टर युरोपा लिगको लागि छनोट भयो। छैठौं स्थानमा रहदै लिग समाप्त गरेको टोटनहमले पनि युरोपा लिग छनोट हुनसक्यो।
लिगमा खराब प्रदर्शन गरेको नर्विच,वाटफर्ड र बर्नमाउथ रेलिगेसनमा परे जसले अर्को सिजन च्याम्पियन्सिपमा प्रतिस्पर्धा गर्नेछन् ।

सोचेभन्दा राम्रो प्रदर्शन गरेका टिमहरु
लिगको सुरुवातमा चेल्सी र युनाइटेड कमजोर टिमको रुपमा लिईएका थिए। चेल्सीलाई खेलाडी ट्रान्सफर गर्नबाट प्रतिबन्ध लगाइएको थियो। टोलीको महत्वपूर्ण सदस्य हजार्ड टिम छाडेर रियल म्याड्रिडमा आबद्व भएका थिए। चेल्सीले आफ्नो लेजेण्ड खेलाडी लाम्पार्डलाई प्रशिक्षकको रुपमा टिममा समावेश गरायो। युनाइटेडले पनि लिगमा खराब सुरुवात गरेको थियो । एक समय १३ औं स्थानमा पुगेको युनाइटेडले पोर्चुगिज खेलाडी ब्रूनोलाई टिममा ल्याएपछि युनाइटेडको भाग्य चम्के सरह भयो। निकै आलोचित युनाइटेड अन्तत: शिर्ष ३ मा रहेर सिजनको समाप्त गर्यो । चेल्सीले पनि आफ्नो युवा खेलाडिहरुको उचित रुपमा सदुपयोग गर्दै शिर्ष ४ मा रहन सफल भयो ।
युनाइटेडको लागि ब्रुनो, रासफर्ड, मार्सियल र ग्रिनउडले शानदार प्रदर्शन गरे । सिजनको बिचमा युनाइटेडमा आबद्ध भएका ब्रुनोले १४ खेलमा ८ गोल र ७ असिस्ट गरे । मार्सियल र रासफर्डले समान १७ गोल गरे भने युवा खेलाडी ग्रिनउडले १० गोल गरे । युनाइटेडका गोलरक्षक डेविड डिगाको प्रदर्शन भने उनको स्तरको जस्तो नरहेता पनि उनले १३ क्लिन सिट राख्न सफल भएका थिए । युनाइटेडका डिफेन्डर वान बिसाकाको सिजनमा सबै भन्दा धेरै ट्याकल (१२९) रह्यो।
यो पनि पढ्नुस – “यो ट्रफि हाम्रो समर्थकहरुका लागि जितेका हौ”- लिभरपुल प्रशिक्षक युर्गेन क्लोप
चेल्सीको भने सबै खेलाडीहरुको संयुक्त रुपमा योगदान रहेको छर्लङ्ग देखिन्छ । सिजनको सुरुवातमा चेल्सीका लागि अब्राहमले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोल्डेन बुटको दौडमा कुनै बेला अगाडी रहेका उनले बिचमा आएर लय घुमाउन पुगे । उनले १५ गोल गर्दै यस सिजनमा चेल्सीको लागि धेरै गोल गर्ने खेलाडी बने । चेल्सीको लागि पुलिसिकको प्रदर्शन खास रह्यो । जिरुउड, वेलियन, माउन्ट र एजपिलिक्युएटाको प्रदर्शन पनि प्रशंसनीय रह्यो । वेलियन र पुलिसिकले चेल्सीको लागि समान ५ गोल गरे भने सिजनको अन्त्यतिर राम्रो लयमा देखिएका जिरुउडले ८ गोल गरे ।
यस्तै, वोल्भ्स र सेफिल्ड जस्ता टोलीले आफ्नो स्तर भन्दा माथिको प्रदर्शन गर्न सफल भए र ठुला टोलीहरुलाई स्तब्द बनाउन समेत सके । बर्नली र साउथह्याम्पटनले पनि राम्रो खेल देखाउन सक्षम भए । वोल्भ्सका लागि जिमेनेजले १७ गोल गरे भने ट्रावरेरे ९ असिस्ट गरे । बर्नलीको लागि गोलरक्षक पोपले १५ क्लिन सिट राखे ।

अपेक्षाकृत प्रदर्शन गर्न नसकेका टोलिहरु
लेस्टर सिटिले सोचे अनुरुप लिगको बिदाइ गर्न सकेन । कुनै बेला शिर्ष ३ को स्थान पक्का जस्तै गरेको लेस्टरले सिजनको अन्तीममा शिर्ष ४ मा पर्न समेत असफल भयो । लेस्टरका फरवार्ड जेमि भार्डीले गोल्डेन बुट आफ्नो पोल्टामा पारे पनि आफ्नो टिमलाई च्याम्पियन्स लिगको बाटो देखाउन सकेनन् ।
आर्सनल र टोटेनहम जस्ता टोलिहरु लिगमा सानो टोलीसामु लड्खडाएको थियो । म्यानचेस्टर सिटीले पनि क्षमता अनुसार प्रदर्शन गर्न चुक्दा उपाधि रक्षा गर्न सकेन। आर्सनलका लागि औवेमियाङले २२ गोल गर्दै गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा रहे। आर्सनलका लागि निकोलास पेपे र लकाजेट्टको प्रदर्शन राम्रो रह्यो । गोलरक्षकको प्रदर्शन सम्मानजनक रहदा डिफेन्समा आर्सनल चुक्न पुग्यो । आर्सनलले डिफेन्समा धेरै गल्ती गर्दा केही खेलमा अंक घुमाउन बाध्य भएको थियो । टोटेनहमका लागि भने कप्तान ह्यारी केनको प्रदर्शन सधै झै यो पालो पनि खास रह्यो । उनले २८ औं सिजनको प्रिमियर लिगमा १८ गोल गरे । टोटेनहमको लागि सन र सर्ज अरियरको प्रदर्शन विषेश रह्यो ।
म्यान्चेस्टर सिटिलेको प्रदर्शन सन्तोषजनक रहे पनि डिफेन्समा बारम्बार चुक्न पुग्दा डिफेन्डिङ च्याम्पियन दोस्रो स्थानमा रहन बाध्य भयो । सिटिलाई इन्जुरीको समस्याले पनि उपाधी रक्षाको यात्रामा कठिनाइ बनाएको थियो । सिटिका लागि सबै खेलाडीको प्रदर्शन सन्तोसजनक रह्यो ।
यस सिजनमा लेस्टरले साउथह्याम्पटनको घरमा गएर ९ गोलको अन्तरले जितेको खेल उत्कृष्ट अवे जित ठहरियो भने सिटिले वाटफर्डलाई आफ्नो घरमा ८-० गोल अन्तरले पराजित गरेको खेल उत्कृष्ट होम गेम भयो ।
२०१९/२० को सिजनमा भारलाई प्रयोगमा ल्याइएको थियो जसले गर्दा धेरै आलोचना र विवादहरु सिर्जना भए। लिभरपुललाई भारको निर्णयहरु फाइदाजनक रह्यो । यस कारण पनि लिभरपुलले आफ्नो लयलाई लामो समयसम्म निरन्तरता दिन सक्यो । म्यान्चेस्टर सिटिलाई भने ठिक उल्टो भएको थियो । भारले गर्दा सिटिले थुप्रै खेलमा अन्त्यतिर आएर अंक घुमाउन बाध्य बनेको थियो ।
म्यान्चेस्टर युनाइटेडले एकै सिजनमा १४ पेनाल्टी हासिल गर्दै एउटा सिजनमा सबैभन्दा धेरै पेनाल्टी हात पारेको अनौठो किसिमको कीर्तिमान आफ्नो नाममा गरेको छ।
लिगमा अंक तालिकाको पुुुच्छरमा रहेको टिम नर्विचले दोस्रो स्थानको सिटिलाई हराउन सफल भएको थियो । रेलिगेसनमा परेको वाटफर्डले च्याम्पियन लिभरपुलको अपराजित यात्रा रोकेको थियो । एन्टोनियोले एकै खेलमा ४ गोल गरेको तथा डेविड लुइजले एकै सिजनमा ५ पेनाल्टी बेहोरेको पनि हेरेका थियौ । डेविड सिल्भा जस्ता लिजेण्डहरु प्रिमियर लिगबाट विदा भए । लिगमा ३० वर्ष पछि लिभरपुल च्याम्पियनको रुपमा आउनु, अंकतालिकाको उतारचढाव र सानो क्लबको उदय भएको कारणले हालै सम्पन्न इपिएल स्मरणीय बन्न पुग्यो । यही उतारचढावका कारण आगामी सिजनको इपिएल थप रोमाञ्चक बन्ने अपेक्षा गर्न सकिन्छ । अर्को संस्करणको प्रिमियर लिग सेप्टेम्बर १२ बाट आयोजना हुँदैछ ।
