टि-१० लिग : करनको कमजोर ब्याटिंग, ९ बलमा बनाए ३ रन

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नर्दर्न वारियर्स बिरुद्धको खेलमा ब्याटिंग गर्ने मौका पाएका नेपाली खेलाडी करन केसीले कमजोर ब्याटिंग गरेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको पुनेले १० ओभरमा ८ विकेट गुमाएर ९७ रन बनाउन सक्यो। पुनेको लागि नासिर होसेनले सर्वाधिक २७ रन, केनार लुइसले २४ रन, टम कोह्लरले २० रन तथा एलेक्स डेभिसले १८ रन बनाए। नर्दर्न वारियर्सको बलिंगमा वायन पार्नेलले ३ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ५ रन खर्चिए। वाहब रियाजले २ तथा फाबियन एलेन र रायद इम्रीटले समान १ विकेट लिए।

करनको कमजोर ब्याटिंग

छैठौं ओभरमा ब्याटिंग गर्न आएका करनले वायन पार्नेलको लगातार २ बलमा रन बनाउन सकेनन्। पहिलो बललाई रोकेपछि दोश्रो बल पार्नेलले बाउन्सर गरे जुन बललाई करनसंग जवाफ थिएन।

सातौँ ओभरको दोश्रो बलमा रायद इम्रिटले गरेको फुल लेन्थ बललाई ठूलो सट खेल्न खोजेका करन पुनः असफल भए र लगातार तेश्रो बलमा रन बनाउन सकेनन्। त्यसपछिको बलमा करनले १ रन लिंदै टि-१० लिगमै व्यक्तिगत खाता खोले।  नासिर हुसेनले १ रन लिंदै स्ट्राइक दिएपछिको बलमा पनि करनले रन बनाउन सकेनन्। त्यसपछिको बल इम्रीटले बाउन्सर गरे जुन वाइड भयो। त्यसपछिको बलमा करनलाई इम्रीटले स्लोअर बल गर्दै झुक्काए। पहिलो ६ बलमा करनले १ रन मात्र बनाउन सके।

आठौँ ओभरमा चौथो बलमा स्ट्राइक पाएका करनले १ रन लिंदै नासिर हुसेनलाई स्ट्राइक दिए। पहिलो ७ बलमा १ रन बनाएका करनको कमेन्टेटरले आलोचना गरे र ठूलो सट खेल्नु पर्ने बताए।

नवौं ओभरको दोश्रो बलमा पार्नेललाई आक्रामक सट खेल्न खोजेका करनले १ रन लिन सके। एक्स्ट्रा कभरमा फिल्डरले बल रोक्दा करन अर्को किनार पुगीसकेका थिए।

नवौं ओभरको चौथो बलमा वायाँ पार्नेलले करनलाई बोल्ड गरे। अफस्टम्पको बललाई मिड विकेटमा खेल्न खोजेका उनि बोल्ड हुन पुगे। आउट भए पछि करन निराश हुँदै पेभेलियन प्रस्थान गरेका थिए।

करन केसीले ९ बल खेल्दै मात्र ३ रन बनाउन सके। आफ्नो ब्याटिंग क्षमताको कारण पनि एसोसीएट क्रिकेटमा परिचित करनले दोश्रो पटक पनि ब्याटिंगबाट निराशाजनक प्रदर्शन गरेका हुन्।

अघिल्लो खेलमा पनि करनले दिल्ली बुल्ससंग ब्याटिंगको मौका पाएका थिए जुन क्रममा पहिलो बलमै क्याच आउट हुन पुगेका थिए। 

लिग अन्तर्गत आजै सम्पन्न अर्को खेलमा अर्का नेपाली खेलाडी सोमपाल कामिको प्रदर्शन पनि कमजोर रहेको थियो। मराठा अरबियन्सको लागि खेलीरहेका सोमपालले टिम अबु धाबी बिरुद्ध १ ओभर बलिंग गर्दा २७ रन खर्चिए। यस क्रममा सोमपाललाई क्रिस गेलले ३ छक्का तथा पल स्टरलिंगले २ चौका प्रहार गरेका थिए।

यो पनि पढ्नुस :-

सोमपालको बलमा गेलको लगातार ३ छक्का, १२ बलमै बनाए अर्धशतक

२०७७ माघ २१, बुधबार मा प्रकाशित