आईपीएल २०२२ को मेगा अक्सन अघि कोलकाता नाइट राइडर्स ( केकेआर ) ले चार जना खेलाडीहरुलाई रिटेन गरेको छ।
केकेआरले आन्द्रे रसेल, वरुण चक्रवर्ती, भेंकटेस ऐयर र सुनिल नारायणलाई रिटेन गरेको हो। रसेललाई १२ करोड भारु ( १९ करोड, १९ लाख, २३ हजार नेपाली रुपैयाँ ) खर्चेको टिमले ऐयर र वरुण चक्रवर्तीलाई समान ८ करोड भारु ( १२ करोड ७९ लाख ९८ हजार नेपाली रुपैयाँ ) तथा सुनिल नारायणलाई ६ करोड भारु ( ९ करोड ५९ लाख, ९८ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरिएको हो। अब कोलकातासंग अक्सनको लागि पर्समा ४८ करोड भारु बाँकी रहेको छ।
भेंकटेस ऐयर र वरुण चक्रवर्तीले यो भन्दा बढी रकम माग गरेता पनि अन्ततः दुवैलाई केकेआरले मनाउन सफल भएको हो।
कोलकाताले गत सिजनसम्म कप्तानी गरेका ओएन मोर्गन, शुबमन गिल, दिनेश कार्तिक, नितिश राना र लकी फर्गुसनलाई रिटेन गरेन।
यो पनि पढ्नुस :
हैदरावादले विलियमसन सहित तिन खेलाडी गर्यो रिटेन, जान्नुस कति पाए रकम