एपीएफका फुटबलरमा कोरोना संक्रमण

विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफका एक फुटबलरमा कोरोना पुष्टि भएको छ ।

गत वर्ष एपीएफबाट शीर्ष डिभिजनको लिग खेलेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी कोरोनोको संक्रमण सुरु भएसंगै सर्लाहीको सिमा क्षेत्रमा ड्युटीमा गएका थिए ।

उनी केही दिन अघिमात्र काठमाडौं फर्किएका थिए । तराईबाट फर्किएका उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

विभागीय टिमले कोरोनाको प्रकोप बढ्दै गएपछि विभिन्न खेलमा आबद्ध खेलाडीलाई ड्युटीमा खटाएको थियो । ड्युटीको सिलसिलामा जिल्ला बाहिर गएका खेलाडी धमाधम काठमाडौं आउन थालेका छन् । धेरै खेलाडी बिरामी अवस्थामा छन् । शरिरिक रुपमा अस्वस्थ रहेका खेलाडीको तत्काल कोरोना परीक्षण हुन सकेको छैन ।

पछिल्लो समय खेलकुद क्षेत्र कोरोनाबाट धेरै प्रभावित बन्न थालेको छ । आईतबार साँझमात्र नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना पुष्टि भएको थियो ।

मेस्सीलाई सोधियो, संगै खेल्नुभयो भने रोनाल्डोलाई बल पास गर्नुहुन्छ ?

२०७७ भाद्र १, सोमबार मा प्रकाशित