खेलनेपालमा आज : सन्दीपको शानदार डेब्यु, लिगमा थ्री स्टार तेस्रो, प्रेम तामाङको शतक

‘आजको खेलकुद’मा हामी दिनभरी भएका खेलकुदका समाचारहरुलाई एउटै समाचारमा पढ्न सजिलो हुनेगरी तयार पार्नेछौँ । यसमा दिनभरी पोष्ट भएका खेलकुद समाचारलाई एकै क्लिकमा पढ्न मिल्नेगरी राखिनेछ। जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरुलाई समावेश गरिनेछ।

आज नेपाली खेलकुदमा चर्चित पात्रको रुपमा रहे दुई क्रिकेटर सन्दीप लामिछाने र प्रेम तामाङ। सन्दीपले बंगलादेश प्रिमियर लिग बीपीएलमा शानदार डेब्यु गर्दै २ विकेट लिए। प्रेम तामाङले एमएम कप वानडे क्रिकेटमा १३८ रन प्रहार गरे।

यस्तै ए डिभिजन लिग फुटबलमा थ्री स्टार र त्रिभुवन आर्मीले आ-आफ्नो अन्तिम खेल खेलेका छन्। थ्री स्टार तेस्रो र आर्मी चौथो भएको छ।

बीपीएलमा सन्दीपको शानदार डेब्यु

युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिगमा डेबयु गर्दै शनशनी मच्चाएपछि अहिले बीपीएद्यमा पनि शानदार डेब्यु गरेका छन्। सिलेट सिक्सर्सका लागि खेल्दै उनले बीपीएलमा डेब्यु गरे। बलिङ भन्दा ब्याटिङ पहिले गर्दै २ बल खेलेर नटआउट १ रन बनाएका सन्दीपले बलिङमा ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। तर उनको टिम सिलेट कोमिलो भिक्टोरिएन्ससँग ४विकेटले पराजित भयो। बिस्तृतमा पढ्नुस 

Sandeep Lamichhane

लिगमा थ्री स्टार तेस्रो, आर्मी चौथो, मछिन्द्रलाई अंक ऋण

ए डिभिजन लिगमा थ्री स्टारले हिमालयन शेर्पालाई २-० ले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ। १३ खेलबाट थ्री स्टारले २६ अंक जोड्यो। यस्तै मछिन्द्रलाई ३-० ले पराजित गर्दै २५ अंक जोडेको त्रिभुवन बर्मी चौथो भएको ५।

हारपछि मछिन्द्रले भने अंक ऋण लागेको छ। १४ टोली सहभागि लिगमा अन्तिम दुईमा पर्ने पक्का भएपछि मछिन्द्रले अर्को सिजन अंक गुमाउनेछ। बिस्तृतमा पढ्नुस 

प्रेमको शतक

यू-१९ टिमका पूर्व उपकप्तान रहेका अलराउण्डर प्रेम तामाङले शानदार ब्याटिङ गर्दै १३८ रन बनाएपछि पुलिसले एमएम कप वानडे क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा प्रदेश २ लाई ११२ रनले पराजित गरेको पुलिसले आज स्थानिय टोली शान्तिदिपलाई २७७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। लगातार दवस्रो जितपछि पुलिस सेमिफाइनल पुगेको छ। बिस्तृतमा पढ्नुस 

क्यान विवाद समाधानतर्फ

नेपाल क्रिकेट संघ (क्यान) को विगत तीन वर्षदेखिको विवाद समाधानतर्फ अगाडी बढेको छ। आइसीसीबाट निलम्बनमा रहेको क्यानले २०७२ सालमा हालेको मुद्धा फिर्ता लिन अदालतमा निवेदन दर्ता गरेपछि क्यान विवाद समाधानको प्रक्रियामा अगाडी बढेको हो। बिस्तृतमा पढ्नुस 

एफए कप

इंग्लिस एफए कपमा लण्डन क्लब चेल्सी र आर्सनल तथा म्यानचेष्टर युनाइटेड तेस्रो चरणमा विजयी हुँदै चौथो चरणमा प्रवेश गरेका छन्। चेल्सीले नटिङहम फरेस्टलाई २-० ले आर्सनलले ब्ल्याकपुललाई ३-० ले तथा युनाइटेडले रिडिङलाई २-० ले पराजित गर्‍यो। बिस्तृतमा पढ्नुस 

एसियन कप : डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया जोर्डनसँग स्तब्ध

डिफेण्डिङ च्याम्पियन अष्ट्रेलिया एएफसी एसियन कप फुटबलको पहिलो खेलमै पराजित भएको छ। शनिवारदेखि युएईमा सुरु भएको प्रतियोगिताअन्तर्गत आज भएको समूह बी को खेलमा अष्ट्रेलिया जोर्डनसँग पराजित भएको हो।

जोर्डनले अष्ट्रेलियालाई १-० ले हरायो। अनास बानी यासिनले खेलको २६औँ मिनेटको गरेको गोल नै जोर्डनलाई ३ अंक दिलाउन निर्णायक बन्यो।

यसैगरी सुनिल क्षेत्रीले २ गोल गरेपछि समूह ए को खेलमा भारतले थाइल्याण्डलाई ४-१ ले पराजित गरेको छ। यस्तै अनिरुद थापा र जेज लाखपेखलुअले भारतका लागि एक-एक गोल गरे।

 

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment