अन्य

इराेसकाे विजयी सुरुआत

काठमाडौं,जेठ १७ ।  इरोस एजुकेशनले शुक्रबार प्रथम लुम्बिन एसइइ एपियर्ड फुटसल टुर्नामेन्डमा विजयी सुरुआत गरेको छ । शुक्रबार लुम्बिनी कलेजको फुटसल ग्रान्ड चुच्चेपाटीमा भएको खेलमा इरोसले आयोजक लुम्बिी स्कुललाई४–२ ले निराश पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टिमकापूर्वकप्तान अनिल गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी र अभिनेत्री नम्रतासापकोटाले संयुत्त रुपमा गरेका थिए । प्रतियोगितामा छात्रतर्फ  ६१ र छात्रातर्फ ९ विद्यालयको सहभागीता जनाउने छ ।प्रतियोगिताको दुवैविधाको विजेता, उपविजेता र तेस्रो हुने टोलीले शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।साथै विभिन्नविधामा उत्कृष्ट हुने खेलाडीलाई कक्षा ११ मा उचित छात्रावृतीको व्यवस्था गरिएको कलेजका प्रिन्सिपलरविन्चन्द कोइरालाले जनाकारी दिए । प्रतियोगिताका बाकी खेलहरु आइतबारबाट सुरु हुनेछन् ।

स्थानीयको अवरोधपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित (विज्ञप्तिसहित)

चितवन । धुर्मुस सन्तली फाउन्डेशनको अगुवाइमा चितवनमा निर्माण सुरु भएको गौतम बुुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ […]

सुमन कुलुंग र सुनमाया बुढालाइ एभरेष्ट म्याराथनको  उपाधि

काठमाडाैं । गत सालका उपबिजेता सुमन कुलुंगले यस वर्षको तेन्जिंग-हिलारी एभरेष्ट म्याराथनको खुल्लातर्फको उपाधि जितेकाछन् | सगरमाथा प्रथम आरोहणको बार्षिकोत्सव, मे २९, मा […]

१८औं विश्व र्याफटिङ च्याम्पियनसिपमा नेपाल समग्रमा दशौं

काठमाडौं । अस्ट्रेलियामा सम्पन्न १८औं विश्व र्याफटिङ च्याम्पियनसिपअन्तर्गत आइतबार सम्पन्न डाउन रिभरतर्फको स्पर्धामा नेपाल छैटौं भएको छ । क्विन्सल्यान्डस्थित टली […]